२८ मंसिर २०८२, आइतबार | December 14, 2025

माछा मार्न गएकी दिक्षिकाको राप्ती नदीमा डुबेर मृत्यु



नेपालगन्ज । बाँकेको राप्ती नदीमा डुबेर माछा मार्न गएकी एक युवतीको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका(३ स्थित सिनावासस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर आज स्थानीय १८ वर्षीय दिक्षिका चौधरीको मृत्यु भएको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मीनकुमार चौधरीका अनुसार गाउँकै अन्य महिलाहरुसँग राप्ती नदीमा माछा मार्ने क्रममा दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो । दिक्षिकासँगै माछा मार्न गएका ११ जना महिलाहरुको भने उद्दार गरिएको वडाअध्यक्ष चौधरीले बताए ।

दिक्षिकाको शवलाई नदीबाट १ घन्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो । मृतक दिक्षिकाको शवलाई पोष्टमार्टमको लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ३५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%