२८ मंसिर २०८२, आइतबार | December 14, 2025

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद



काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।

झापाको भद्रपुरबाट आज नियन्त्रणमा लिई आजै काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

सोही इजलासले उनका सुरक्षासहयोगी दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको उनले जानकारी दिए ।

पूर्वराजाका समर्थकहरूले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही कसुरमा राप्रपाका नेताहरु रवीन्द्र मिश्र र डा धवलशम्शेर जबरा पनि अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ०१ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%