२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नक्कली लाइसेन्स बनाउने यातायात बाँकेका कर्मचारी पक्राउ

मासिक तीन करोड बढी रकम संकलन गर्ने गरेको आरोप



काठमाडौं । बाँके स्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्।

उनीहरूलाई बाँके जिल्लाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

टंगालस्थित अख्तियारको मुख्य कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता पौडेलले बताए।

यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक तीन करोड भन्दाबढी रकम संकलन गर्ने गरेको सूचना तथा उजुरीको आधारमा टोली खटिएको थियो।

टोलीले विद्युतीय उपकरणसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पौडेलले बताए।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : २७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%