३० चैत्र २०८१, शनिबार | April 12, 2025

काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच सम्झौता



बैंकक । काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान ९ग्ल्यासियोलोजी० लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी पे थोङ् थान् शिनावात्राबीचको दुईपक्षीय भेटवार्तापछि उनीहरूको उपस्थितिमा भएको सहमतिपत्रमा हस्ताक्षर समारोहमा उक्त सहमतिपत्र आदानप्रदान गरिएको छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्ले र सियाम विश्वविद्यालयका अध्यक्ष प्रोच्याइ मोङ्कोन्भनितबीच हस्ताक्षर भएको हो । उपकुलपति डा वाग्लेका अनुसार सहमतिपछि नेपालमा थाइल्याण्डबाट हिमनदी विज्ञान (ग्ल्यासियोलोजी), परम्परागत वास्तुकला (टे«डिसनल आर्किटेक्ट) र वातावरणीय विज्ञान (इन्भाइरोनमेन्ट साइन्स) विषयमा थाइल्याण्डबाट विद्यार्थी आउने सहज वातावरण बनेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ४२ बजे

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि ट्रिनेटी क्लब वालिङलाई

बुटवल । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी प्रिती प्रथम

पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै रिडी क्षेत्रमा रहेको स्याङ्जाको हुनुमान वाटीका

गुल्मी । गुल्मीको रिडी क्षेत्रमा रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाको हनुमान

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको