२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरु आवश्यक भएको बताएका हुन ।

उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताए । अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमहरुलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिए ।

श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाहरुको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा गरी अघि बढ्न आवश्यक भएको बताए । अर्थ सचिव घनश्याम उपाध्यायले सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ४ : २५ बजे

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला

काठमाडौँ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)

नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

नवलपुर । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्

बुटवलमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै

बुटवल। बुटवल उपमहानगरपालिकाका नगरबासीले वडाबाटै राष्ट्रिय परिचय पत्र (नागरिकता स्मार्ट

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट