३० चैत्र २०८१, शनिबार | April 12, 2025

साइन रेसुङ्गा कर्पोरेट कप फुटसलको उपाधी इन्जिनियर्सलाइ

एफ एन जे मिडिया कप फुटसलको उपाधी ग्लोबल आवाजलाइ



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न साइन रेसुङ्गा कर्पोरेट कप तथा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता २०८१ को उपाधी नेपाल इन्जिनियर्स एशोसियसन र ग्लोबल आवाज डट कमले चुमेको छ ।

सोमबार भएको फाईनल खेलमा नेपाल इन्जिनियर्स एशोसियसनले शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ६-१ गोल तथा ग्लोबल आवाज डट कमले बुद्ध सामुदायिक टेलिभिजनलाई ८-२ को फराकिलो गोल अन्तर पराजित गर्दै उपाधि हात पारेको हो ।

साइन रेसुङ्गा कर्पोरेट कपतर्फ विजेता नेपाल इन्जिनियर्स एशोसियसनले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने शंकरनगर खानेपानी भने नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा शंकरनगर खानेपानीका कुल बहादुर भण्डारी सर्वोत्कृष्ट खेलाडी, इन्जिनियर्स एशोसियनका शिव प्रसाद तिवारी उत्कृष्ट गोल रक्षक तथा ईन्जिनियर एशोसियनकै प्रविन सापकोटा सर्वाधिक गोलकर्ता घोषित हुदै पुरस्कृत भए ।

यसैगरी एफ एन जे मिडिया कपतर्फ विजेता ग्लोबल आवाजले नगद १७ हजार ७७७ र उपविजेता बुद्ध टेलिभिजन नगद ७ हजार ७७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा ग्लोबल आवाजका डिबि सुस्लिङ सर्वोत्कृष्ट खेलाडी, गर्जन पोष्टका बिनोद खनाल उत्कृष्ट गोलरक्षक तथा ग्लोबल आवाजका ईन्द्र खत्री सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भएको महासंघका सचिव सीपी खनालले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, महासंघका रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेयले पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा साइन रेसुङ्गा कर्पोरेट कप अन्तरगत २२ वटा समुह तथा एफ एन जे मिडिया कप फुटसल प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको संयोजक सुमन श्रेष्ठले बताए ।

यस्तै संचारीका समूह र डब्लुडब्लुजे विच भएको मैत्रीपूर्ण खेल संचारीका समूहले जितेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ६ : ३९ बजे

प्रतिनिधिसभाको एक स्थान रिक्त

काठमाडौं। प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय

नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले