३० चैत्र २०८१, शनिबार | April 12, 2025

नेताहरुद्वारा वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धान्जली अर्पण



काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको कोइरालाको पार्थिव शरीरप्रति नेताहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर कोइरालाप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।

यस्तै पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।

गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिव शरीरमा विभिन्न सञ्चारगृहका पत्रकार, पार्टीका नेतागण, कूटनीतिज्ञ, आफन्त तथा शुभेच्छुकले पनि श्रद्धाञ्जली दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ५५ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

डा. कोइराला भन्छन् ‘सरकारका कारण कांग्रेस अप्ठ्यारोमा पर्यो’, देउवा थप्छन्- ‘धेरै ठूलो बदनामी भइरहेको छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी