२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

राजेन्द्र लिङ्देनले भने – युवापुस्ताले गणतन्त्र उल्ट्याउँछ



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्।

उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन्। उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए।

प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए।

उनले नेपाली युवालाई नक्कली भुटानी बनाएर बेच्ने पनि यही व्यवस्थाका पक्षपातीहरूबाट भएको बताए।

उनले राजा हटेपछि नारायणहिटीमा कसले व्यापार सुरू गर्‍यो ? जगजाहेर रहेको भन्दै प्रश्न गरे।

उनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो ? भन्दै प्रश्न गरे। उनीहरूले हत्या-हिंसा गरेको कतै नछिपेको बताए।

उनले चैत १५ गते छतमाथि बसेर गोली र म्याद सकिएको अश्रुग्यास हानिएको बताए। उनले यो घटनामा राज्य जिम्मेवार रहेको भन्दै विश्व समुदाय र मानव अधिकार जमातको ध्यानाकर्षण गराए। उनले न्यायिक छानबिनको माग गरे।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ३७ बजे

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले