३० चैत्र २०८१, शनिबार | April 12, 2025

तीनकुने घटनामा संलग्न जो सुकै भएपनि कडा कारवाही हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न जो सुकै भएपनि कारवाही गर्ने प्रष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले घटनाका संलग्नहरुलाई कडा प्रशासनिक कारवाही हुने बताएका हुन् । उनले कार्यक्रममा कथित जनकमाण्डरले प्रहरीमाथि गाडि चलाएको बताए ।

ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताए । उनले घटनाबारे आफ्नो धारणा बाहिर ल्याउनु पर्दैन भन्दै ज्ञानेन्द्रलाई प्रश्न गरे । ‘आपराधिक घटनामा संलग्न कसैले उन्मुक्ति पाउँदैन। यसमा पूर्वराजाले पनि पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्षाहन गर्ने जनकमाण्डर, इतिहासले कुनमा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजन लुटपाट गर्ने व्यक्ति चुपचाप कसरी हुनसक्छ।’ उनले भने ।

 

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : २६ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

डा. कोइराला भन्छन् ‘सरकारका कारण कांग्रेस अप्ठ्यारोमा पर्यो’, देउवा थप्छन्- ‘धेरै ठूलो बदनामी भइरहेको छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी