३० चैत्र २०८१, शनिबार | April 12, 2025

माकलबारीमा गाडिएको शव फेला, छ जना पक्राउ



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित पाँच नेपालीलाई पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा बसोबास गर्दै आएका साह यही चैत ११ गतेदेखि हराइरहेको भनी प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त बौद्धको टोलीले खोजी थालेको थियो ।

प्रहरीले उक्त घटनामा संलग्न सर्लाहीको चक्रघट्टा गाउँपालिकाका २२ वर्षीय निपु मण्डल, सोही ठाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल तथा भारतीय नागरिक २९ वर्षीय २९ सुनिल शर्मालाई पक्राउ गरेको छ ।

निजहरुलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : १२ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष