२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

राजावादीको हिंसात्मक प्रदर्शनमा भएको क्षतिपूर्ति उनीहरुबाटै भराउन समाजवादी मोर्चाको माग



काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते राजावादीहरुले हिंसात्मक प्रदर्शन गर्दा पुर्‍याएको क्षतिपूर्ति उनीहरुबाटै भराउन माग गरेको छ ।

माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको मोर्चाको बैठकले क्षतिपूर्ति उनीहरुबाटै भराउन माग गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका लागि माग गर्ने र गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

उनले भने, ‘यो घटना डिजाइन गरेर जति क्षति भएको छ । सबैको क्षतिपूर्तिका लागि पनि सरकारसँग कुरा गर्नुपर्छ । जो मान्छेले क्षति गरे त्यो मान्छेबाट सरकारले क्षतिपूर्ति भराउनुपर्छ ।’

दरबारिया र प्रतिगामी तत्वहरूले कोटेश्वरमा असाध्यै गैरजिम्मेवार, हिंसक, देशमा अशान्ति र आतंक मच्चाउने गतिविधि गरे भनेर समीक्षा गरियो’, उनले भने ।

बैठकले क्रान्तिका उपलब्धि रक्षा गर्न युवालाई संगठित रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ११ : ४० बजे

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले