३० चैत्र २०८१, शनिबार | April 12, 2025

त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियू निर्वाचन, ७९ वर्षीय दीनानाथ शर्माले गरे पहिलो मतदान



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भैरहेको छ ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिलो भएको छ । नेकपा (माओवादी केन्द्र)का सचिव एवं बौद्ध अध्ययन केन्द्रका तेस्रो सेमेस्टरका विद्यार्थी ७९ वर्षीय दीनानाथ शर्माले पहिलो मतदान गरेका छन् ।

निर्वाचनमा नेविसंघबाट दीपक जोशी, अखिलबाट सिद्धान्त भट्ट, अखिल क्रान्तिकारीबाट प्रवीन दाहाल र स्वतन्त्रमा पद्मा भुसाल र उज्ज्वल खड्काले उम्मेदवारी दिएका छन् ।

चैत ५ गते हुनुपर्ने निर्वाचन चैत ८ गतेका लागि सारिएको थियो । तर उच्चअदालत पाटको अल्पकानीन अन्तरिम आदेशका कारण सो दिनको निर्वाचन स्थगित गरिएको थियो । तर गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश जारी गरेपछि आजका लागि मतदान तोकिएको हो ।

केन्द्रीय क्याम्पसमा ६ हजार मतदाता रहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ९ : १६ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष