२३ चैत्र २०८१, शनिबार | April 5, 2025

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी



खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को आयोजनामा स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौँ डाँफे कपको आईतबार सम्पन्न क्वाटर फाइनल खेलमा नव ज्योति युवा क्लब बैजनाथ र भिलेज होप डुडुवा राझा विजयी भएका छन् ।

आइतबार पहिलो खेल नवज्योति युवा क्लब बैजनाथ पलौतिपुर र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा ४ ई गाउँ बीच भएको थियो । नवज्योति युवा क्लबले न्यू दर्पणलाई २-१ को अन्तरले हराएको छ । खेल सुरु भएको १७ मिनेटमा जर्सी नम्बर ११ का निराजन शाहीले नवज्योति युवा क्लब का तर्फबाट पहिलो गोल गरे । न्यू दर्पणका जर्सी नम्बर ५ का खेलाडी निरबहादुर थापाबाट खेलको ३६ औँ मिनेटमा सुसाइड गोल हुनपुग्यो । यो बीचमा नवज्योतिका जर्सी नम्बर ८ का चिरन कार्कीले खेलको ४९ औँ मिनेटमा पहेलो कार्ड पाए ।

रोमाञ्चक बनेको खेलमा न्यु दर्पणका जर्सी नम्बर ४ का खेलाडी समिर सुनारले ५०औँ मिनेटमा एक गोल गरे । नव ज्योतिका जर्सी नम्बर ६ का भूपेन्द्र शाहीलाई रेफ्री केबी गुरुङले खेलको ५५ मिनेटमा पहेलो कार्ड दिए । खेलको ५९ औँ मिनेटमा नवज्योतिकै जर्सी नम्बर ३ का हिमाल सिंहलाई रेफ्री गुरुङले पहेंलो कार्ड दिए । खेलको म्यान अफ द म्याच भने नवज्योतिका जर्सी नम्बर ११ का खेलाडी निराजन शाही बने ।

यस्तै आइतबार भएको दोस्रो खेलमा भिलेज होप डुडुवा राझाले ट्राइबेकरमा ४(१ गोल अन्तरले न्यु जर्नी स्पोर्ट्स क्लब बैजनाथलाई हराएको छ । खेलको सातौं मिनेटमा न्यू जर्निका जर्सी नम्बर ९ का खेलाडी मनोज बिक्कले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समयसम्म न्युजर्नी स्पोर्ट्स क्लब एक गोलले अघि रहेकोमा भिलेज होपको तर्फ बाट जर्सी नम्बर १२ का अभिषेक यादवले खेलको ५७ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । यस बीचमा खेलको ३६ औं मिनेटमा न्यू जर्निका जर्सी नम्बर १७ का सुदीप राणालाई रेफ्रीले पहिलो कार्ड दिए । भिलेज होपका दुई खेलाडीले उक्त खेलमा पहेंलो कार्ड पाए । पहेँलो कार्ड पाउनेमा भिलेज होपका जर्सी नम्बर २१ का आर्यन डोङ तामाङ र जर्सी नम्बर १२ का अभिषेक यादव रहेका छन् । उक्त खेलमा भिलेज होपका गोलकिपर म्यान अफ द म्याच घोषित भए ।

नेपालगञ्ज स्थित लाइफलाइन हस्पिटल र खजुरा १ नम्बरस्थित फायर फूड रेस्टुरेन्टले म्यान अफ द म्याच घोषित हुने खेलाडीहरुलाई नगद ११ सय साथमा ट्रफी मेडल प्रदान गरे । चैत्र ९ गते देखि सुरु भएको खेलमा १६ टिमले सहभागिता जनाएको खेल संयोजक तिलकबिर सुनारले जनाए ।

दशौँ डाँफे कपमा विजेता हुने टिमले नगद १ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै उपविजेता टिमले ८० हजार ५५५ प्राप्त गर्नेछ । साथमा दुवै टिमले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम पुरस्कारको राशि भने गत वर्षदेखि नै समाजसेवी लीलबहादुर थापाले सौजन्य गर्दै आएको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्रदान गरिने क्लबका अध्यक्ष हरी प्रकाश विकले जानकारी दिए । सोमबार हुने खेलमा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब र परिवर्तनशील युवा क्लब बैजनाथ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : ४१ बजे

प्रथम बाँके जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक शिखा एकेडेमीलाई

कोहलपुर । प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक

राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौंको विजयी सुरुआत

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट