२३ चैत्र २०८१, शनिबार | April 5, 2025

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार



नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध आन्दोलित बनेका बाँकेका पत्रकारहरु आइतबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आब्हानमा बाँकेमा क्रियाशिल पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् । पत्रकार महासंघ बाँकेको कार्यालयबाट बिहान कालोपट्टी बाँधेर पत्रकारहरु कार्यक्षेत्रमा खटिएका थिए ।

उनीहरुले आइतबार दिनभर हातमा कालोपट्टी बाँधेर समाचार संकलन गरेका छन् । पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको केन्द्रिय सर्कुलर अनुसार बाँकेमा बिरोध स्वरुप हातमा कालोपट्टी बाँधिएको बताए । ‘पत्रकारको हत्या, कुटपिट, आगजनी र सञ्चार माध्यममाथीको आक्रमण विरुद्ध हामी आन्दोलित छौं,’ उनले भने, ‘आन्दोलन कार्यक्रम अन्तरगत आज बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेका हौं ।’

यसअघि शनिबार बेलुका महासंघको आयोजनामा श्रद्धाञ्जली तथा बिरोध सभा गरिएको थियो । स्थानीय विपी चोकमा आयोजित सभालाई सम्बोधन गर्ने बक्ताले लोकतन्त्रमा मात्रै पूर्ण प्रेस स्वतन्त्रताको अनुभुति गर्न पाइने बताए । पूर्वराजा समर्थक आन्दोलनका क्रममा काठमाडौंको तिनकुनेमा एभिन्युज टिभीमा कार्यरत फोटो पत्रकार सुरेश रजकको हत्या गरिएको थियो ।

आन्दोलनकारीले आगजनी गरेको एक घरभित्र डढेंको अवस्थामा पत्रकार रजकको शव फेला परेको थियो । आन्दोलनकारीले थुप्रै पत्रकारलाई कुटपिट गरेका थिए, भने कान्तिपुर टिभी र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढासँगै आगजनीको प्रयास गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : २० बजे

राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौंको विजयी सुरुआत

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक