२३ चैत्र २०८१, शनिबार | April 5, 2025

रविन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ।

राजावादीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थिय । काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको हो।

उनीहरुलाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको छ । त्यस्तै अन्य ३० जनालाई अपराधीक उपद्रो मुद्दामा चारदिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।

अदालतले कानुन व्यवसायी स्वागत नेपाललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : २३ बजे

राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौंको विजयी सुरुआत

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक