३० चैत्र २०८१, शनिबार | April 12, 2025

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणाविरूद्ध राज्यविरूद्धको अपराध मु्द्दा



काठमाडौं । राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान थालिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार मिश्र र राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको हो।

त्यसैगरी, अन्य ४१ जनालाई आपराधिक उपध्रव र संगठित अपराध कसुरमा अनुसन्धान गर्न माग गरिएको परिसर प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

शुक्रबार राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। कैयौं सवारीसाधन र व्यक्तिगत घर तथा सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो।

मिश्र, राणा र अन्य व्यक्तिलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको छ। अहिले सरकारी वकिलले उनीहरूको मुद्दामा अनुसन्धानबारे बहस गरिरहेका छन्।

 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ०७ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष