२३ चैत्र २०८१, शनिबार | April 5, 2025

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस



काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा सुविधा र सहजताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा शुक्रबार काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकहरूले हिसांत्मक प्रदर्शन गरेको सम्बन्धमा समीक्षा भएको थियो ।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बैठकले हिजोका गतिविधिको गम्भीर समीक्षा गर्दै भत्र्सना गरेको बताए । उनले आक्रमण गर्ने स्थान नै घोषणा गरेर तोडफोड र अराजकता सिर्जना गरेको भन्दै त्यसको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने सम्बन्धमा छलफल भएको बताए ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको बैठकले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई अविलम्ब कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १० : ३२ बजे

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौँ । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको

हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो

कास्की । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण

म्यानमार भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

याङ्गुन । म्यानमारमा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन

नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको