२३ चैत्र २०८१, शनिबार | April 5, 2025

आज अपरान्ह कांग्रेस र राप्रपाको आकस्मिक बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४ः३० बजे बस्नेगरी बोलाएका हुन्।

सो बैठकमा तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शन तथा समसमायिक राजनीतिक बिषयमा छलफल हुने जनाइएको छ ।

उता तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले पनि आकस्मिक केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।

समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।

गैरीगाउँ तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी, आलोकनगरलगायतमा राजावादीहरूले गरेको प्रदर्शन हिंस्रक बन्न जाँदा एकजना पत्रकारसहित २ जनाको ज्यान गुमे पछि राप्रपाले आकस्मिक रूपमा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  २ : २० बजे

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौँ । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको

हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो

कास्की । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण

म्यानमार भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

याङ्गुन । म्यानमारमा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन

नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको