२० चैत्र २०८१, बुधबार | April 2, 2025

प्रधानमन्त्रीले दिए प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मत चयन हुनुले सकारात्मक सन्देश प्रवाह भएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन नयाँ कमिटीलाई आग्रह गरे ।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरुले आफूसँग भेट गरे पनि आफूूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले झुुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरुबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालको सही सदुुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा सङ्गठनभित्र कुनै पनि प्रकारको ‘भाइरस’ छिर्न नदिनेतर्फ सचेत गराए ।

यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दशौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको हो ।

त्यसअवसरमा चौतारीका अध्यक्ष पाण्डे, पूर्वअध्यक्षहरु गणेश बस्नेत र राजेन्द्र अर्याल तथा वरिष्ठ नेता विश्वमणि सुवेदीलगायत सहभागी थिए।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  १० : ०६ बजे

हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा

हेटौँडा । मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना फेरि

नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता

काठमाडौं । नेपाल र थाइल्याण्डबीच केही महत्वपूर्ण सम्झौता भएको छ

गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै

गण्डकी । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी