२० चैत्र २०८१, बुधबार | April 2, 2025

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण



काठमाडौं । मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन महिलालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट उद्धार गरेको छ।

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीका अनुसार मार्च २४ गते अमेरिकन महिला अपहरणमा परेकी थिइन्।

ती महिलालाई हेटौंडा पुर्‍याएर लामाले तीन लाख रुपैयाँ युरो मागेकी थिइन्। अमेरिकी दूतावासले उक्त सूचना दिएपछि कास्की प्रहरी, मकवानपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानमा जुटेको थियो।

मंगलबार दूतावासले प्रहरीलाई खबर गरेको थियो। जिसीका अनुसार लामाले महिलालाई होटलबाट सोमबार अपहरण गरेकी थिइन्। महिला साथीहरूसँग मुक्तिनाथ घुम्न आएकी थिइन्।

‘पीडितलाई बन्धक बनाएर फिरौती रकमको बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले फेला पारेर मुक्त गरी अपहरणमा संलग्नलाई पक्राउ गरेको हो,’ जिसीले भने।

अपहरणमा संलग्न महिलालाई जिल्ला अदालत कास्कीबाट बुधबार अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ८ : ५९ बजे

हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा

हेटौँडा । मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना फेरि

नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता

काठमाडौं । नेपाल र थाइल्याण्डबीच केही महत्वपूर्ण सम्झौता भएको छ

गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै

गण्डकी । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी