१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ



काठमाडौं । बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ।

हवाई(टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा अजिरकोट गाउँपालिका-३ घर भई ताकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले गौशाला-बत्तीसपुतली क्षेत्रबाट बुद्ध एयरको सफ्टवेयर ह्याक गरेका थिए।

पन्ध्र दिनअगाडिबाट उनीहरूले बुद्ध एयरको सफ्टवेयर ह्याक गरेको प्रहरीलाई बताएका छन्। ‘अहिलेसम्म २० जनाको टिकट बिक्री गरी उक्त रकम आफूले लाभ लिएको खुल्न आएको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

आफ्नो सफ्टवेयर ह्याक भएर टिकट धमाधम बिक्री भइरहेको थाहा पाएपछि बुद्ध एयरले उजुरी दिएको थियो।

पक्राउ परेका दुबैलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : १९ बजे

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण

आम माफी दिइएकामा युएई सरकारप्रति कृतज्ञता व्यक्त

काठमाडौँ । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कुलको औपचारीक उदघाटन

टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको

दिपक बोहराका पार्थिव शरिर भैरहवा लगिने

काठमाडौं। आज बिहान निधन भएका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति