१६ चैत्र २०८१, शनिबार | March 29, 2025

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’



सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) तथा ‘सेल्स मिसन’ आयोजना गरिएको छ ।

यहाँ आयोजित कार्यक्रममा दुवै नगरका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित भएमा पर्यटकीय साझेदारीलाई थप प्रभावकारी बनाउँदै लैजान सकिने बताएका थिए । छोङछिङका पर्यटन व्यवसायीले पोखरा र छोङछिङको भौगोलिक अवस्थिति मिल्दोजुल्दो भएको बताउँदै यहाँबाट पर्यटकहरू पोखरा लैजाने आफूहरूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यहाँका संस्कृति एवं पर्यटन विकास आयोगका उपमहानिर्देशक वाङ हाओले पोखरासँग पर्यटकीय साझोदारी बढाउन आफूहरू उत्साहित भएको बताए । नेपाल र चीनबीचको औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले दुई देशबीचका नागरिक नागरिकको सम्बन्धलाई पनि साझेदारीले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले प्रकृति, संस्कृति र साहसिक पर्यटन नै पोखराको विशिष्टता भएको बताउँदै पोखरा भ्रमणका लागि छोङछिङवासीलाई आग्रह गरे । उनले आफूहरूको तर्फबाट पोखरा—छेन्दुमा उडानलाई सफल बनाउन सम्पूर्ण सहयोग रहने बताए । पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी गराए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको महत्वपूर्ण गन्तव्य भएको बताउँदै यो चिनियाँ पर्यटकको रोजाइमा परिरहेको बताए । पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारमा कमी नरहेको बताउँदै उनले पर्यटकको बढ्दो आगमनसँगै अन्य पूर्वाधार बढ्ने धारणा राखे ।

नेपाल पर्यटन बोर्डको आयोजना एवं पोखरा पर्यटन परिषद् र छिन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चाटर्ड उडानमार्फत यहाँ आएका पोखराका पर्यटन व्यवसायी सिचुवान प्रान्तका छिन्दु, लुझाउलगायत सहरमा उच्चस्तरीय भेटघाटसँगै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमका साथ शनिबार छोङछिङ आइपुगेको हुन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १० : २५ बजे

जिउँदै जलाइएका पत्रकार रजक प्रति बाँकेका पत्रकारको श्रद्धान्जली, दोषीमाथि कारवाहीको माग

नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा