१६ चैत्र २०८१, शनिबार | March 29, 2025

नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र



नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकारसँग माग गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा काठमाडौं आएको उद्योगी ब्यवसायीको टोलीले अर्थमन्त्री विष्णु पौडेलललाई ज्ञापनपत्र बुझाउँदै नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न माग गरेको हो ।

संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली सहित बाँकेका जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार नेपाल सरकारका अर्थमन्त्री पौडेललाई सुख्खा बन्दरगाह निर्माण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । अर्थमन्त्री पौडेलले सुख्खा बन्दरगाह आवश्यक रहेको बताउँदै डीपीआर गर्न लगाउने बताएको कावा अध्यक्ष ओलीले जानकारी दिए ।

संघका कार्यवाहक अध्यक्ष ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालगन्जको एकीकृत भन्सार जाँचचौकी (आइसीपी)लाई नै सुख्खा बन्दरगाहमा परिणत गरी वैदेशिक व्यापार व्यवसायलाई अभिवृद्धि गर्न भनिएको छ ।

‘नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण हुनसके तेस्रोे मुलुुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयातनिर्यात (पैठारी) सस्तो र सहज भइ पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक विकासमा ठूलो टेवा पुग्नेछ’, ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालगन्जमा हाल सञ्चालनमा रहेको आइसीपीको पूर्वाधारले तेश्रो मुलुकसँग हुने कारोबार गर्न सम्भव नहुने तथा पैठारी खर्च चर्को हुनाले लागत समेत बढ्न जाने हुँदा वैदेशिक व्यापारलाई सहज र सरल बनाउन पनि नेपालगन्जमा सुख्खा बन्दगाह अपरिहार्य रहेको छ ।’

अर्थमन्त्री पौडेलले ज्ञापनपत्रमा उठाइएको विषयलाई महत्वका साथ ग्रहण गरेको अर्थमन्त्रीबाट सकारात्मकरुपमा पहल गर्ने आश्वासन पाएको टोलिमा सहभागी उद्योगी प्रदीप छाजेडले बताए । उनले अर्थमन्त्रीबाट छिट्टै डिपीआर गराएर सुख्खा बन्दरगाहाको योजना अगाडि बढाउने आश्वासन पाएको जानकारी दिए ।

अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउन संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीसहित बाँकेका प्रतिनिधिसभा सदस्य दीपा शर्मा, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगड, केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेड, निर्देशक सौरभ दुगड, उद्योगी सञ्जय अग्रवाल र नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट सहभागी थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : ५७ बजे

जिउँदै जलाइएका पत्रकार रजक प्रति बाँकेका पत्रकारको श्रद्धान्जली, दोषीमाथि कारवाहीको माग

नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा