१३ चैत्र २०८१, बुधबार | March 26, 2025

गत बर्ष सिमापार गर्ने क्रममा ९ हजार आप्रावासीको मृत्यु



काठमाडौं । गत वर्ष मात्र करिब ९ हजार मानिसले सीमा पार गर्ने प्रयासमा ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्र संघको आप्रवासन निकायका अनुसार मृत्युको संख्याले लगातार पाँचौं वर्षको लागि नयाँ डरलाग्दो रेकर्ड कायम गरेको छ। सन् २०२० यता आप्रवासी मार्गमा मृत्यु हुनेको संख्या दोब्बरसमेत भएको छ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनले २०२४ मा ८ हजार ९३८ आप्रवासी मृत्युहरू रेकर्ड गरेको जनाएको छ । धेरै मृत्युहरू रिपोर्ट नगरिएका वा कागजात नभएकाले वास्तविक मृत्युको संख्या धेरै बढी हुनसक्ने उसले विज्ञप्तिमार्फत जनाएको छ ।

‘मृत्युको बृद्धि आफैमा भयानक छ, तर प्रत्येक वर्ष हजारौंको पहिचान हुन नसकेको तथ्य अझ दुःखद छ,’ आईओएमको हराएको आप्रवासी परियोजनाका संयोजक जुलिया ब्ल्याकले विज्ञप्तिमा भनेकी छिन् ।

आईओएमका अपरेसनका लागि उपमहानिर्देशक, उगोची डेनियलले भने, ‘विश्वका धेरै क्षेत्रहरूमा मृत्युको वृद्धिले हामीलाई अन्तर्राष्ट्रिय समग्र प्रतिक्रिया किन चाहिन्छ भनेर देखाउँछ, जसले थप दुखद जीवनको क्षतिलाई रोक्न सक्छ।’

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : २५ बजे

पाल्पामा घटेको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

तानसेन । पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको

अर्घाखाँची दुर्घटना अपडेट : थप एकको मृत्यु, तीन जनाको सनाखत

अर्घाखाँची । जिल्लाको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा थप

सडक दुर्घटनामा तिलोत्तमामा जनप्रतिनिधि रामकृष्णको मृत्यु

बुटवल । सडक दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन

काठमाडौँ । नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

काठमाडौं । मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया