१३ चैत्र २०८१, बुधबार | March 26, 2025

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ



झापा । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका-४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १-०२-००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिए । पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका-४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका-२ का गङ्गाबहादुर बस्नेत रहेका छन् ।

प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट रू ८७ हजार र पाँच थान मोबाइल समेत बरामद गरेको छ । उनीहरुलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १० : ०७ बजे

भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि

राष्ट्रियसभामा चारवटा मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ

आईपीएल : पञ्जाबले गुजरातलाई हरायो

काठमाडौं । पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आईपीएल) मा विजयी सुरुवात

‘अञ्जिला हरेक खेलाडीको कथा हो’

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात

झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२