१४ चैत्र २०८१, बिहिबार | March 27, 2025

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार



काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् ।

भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।

बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरुलाई सम्मान तथा उपहार वितरण गरेको थियो । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सिइओ मनोजकुमार ज्ञवाली, डेपुटी सिइओ भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्ती लगायतको उपस्थिति थियो ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : ३५ बजे

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई

दाङ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका

माओवादी निकट प्रेस सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कार घोषणा

काठमाडौं । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा बिभिन्न

सुनको मूल्य एकैदिन बढयो १३ सय रूपैयाँ

काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले

मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरु सवारी साधन सहित पक्राउ

नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानबाट मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरुलाई