१४ चैत्र २०८१, बिहिबार | March 27, 2025

कांग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ : नेता डा कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताए । उनले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने बताए ।

“महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,” नेता डा कोइरालाले भने । उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राखे ।

नेता डा कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताए । जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उनले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गरे । “नेपाली कांग्रेस जनताको पार्टी हो । नेपाली कांग्रेसलाई अहिले पनि जनता विश्वास गर्छ । तर, हामी सुध्रिनुप¥यो । जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुप¥यो । त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ,” नेता डा कोइरालाले भने । कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ३३ बजे

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई

दाङ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका

माओवादी निकट प्रेस सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कार घोषणा

काठमाडौं । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा बिभिन्न

सुनको मूल्य एकैदिन बढयो १३ सय रूपैयाँ

काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले

मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरु सवारी साधन सहित पक्राउ

नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानबाट मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरुलाई