१३ चैत्र २०८१, बुधबार | March 26, 2025

काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध रविले दिए पाटन उच्च अदालतमा पुनरावेदन



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेले निवेदन दर्ता गराएका हुन्।

सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ । निवेदनमा पहिलो सुनुवाइ आगामी सोमबारका लागि पेशी तोकिएको छ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जस प्रति असहमति दर्ज गर्दै लामिछाने उच्च अदालत, पाटन पुगेका हुन् ।

सो सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : ०९ बजे

पाल्पामा घटेको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

तानसेन । पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको

अर्घाखाँची दुर्घटना अपडेट : थप एकको मृत्यु, तीन जनाको सनाखत

अर्घाखाँची । जिल्लाको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा थप

सडक दुर्घटनामा तिलोत्तमामा जनप्रतिनिधि रामकृष्णको मृत्यु

बुटवल । सडक दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन

काठमाडौँ । नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

काठमाडौं । मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया