२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु



भैरहवा । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी अटो कर्पले आयात गरेको चिनियाँ ब्रान्डको इलेक्ट्रीक भ्यान डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु गरिएको छ ।

नेपाली बजारमा ११ सिट र १४ सिट क्षमताका दुई मोडलका इलेक्ट्रीक प्यासेन्जर भ्यानको त्रिवेणी मोटर कर्पोरेशनले भैरहवाका लागि आधिकारिक विक्रेता किस्मत अटोमोबाईल्समा बुधबारदेखि बिक्री सुरू गरको हो । इलेक्ट्रिक गाडिहरुको डिमाण्ड बढेकोले भैरहवामा पनि बिक्री वितरण सुरु गरेको किस्मत अटोमोबाईल्सका सञ्चालक कल्याण श्रेष्ठले बताए ।

चीनमा बनेको डोङफेङ इभी गाडीको १४ र ११ सिट क्षमतामा उपलब्ध रहेको सञ्चालक श्रेष्ठले जानकारी दिए । गाडीको मूल्य क्रमशः ५६ लाख ५० हजार र ४७ लाख रुपैयाँ रहेको उनले बताए ।
बुटवलका लागि आधिकारिक विक्रेता उर्जा ग्रीन अटोमोबाइल्सका सञ्चालक लक्ष्मण अर्यालका अनुसार यो गाडीको ३ सय किलोमिटर रेन्ज छ ।

त्यस्तै गाडीको ब्याट्री र मोटरमा पाँचलाख किलोमिटर र पाँचवर्ष वारेन्टी रहेको अर्यालले जानकारी दिए । विक्री केन्द्रबाट सेल्स, सर्भिस र पार्टसको राम्रो सुविधा प्रदान गरिने किस्मत अटोमोबाईल्सका सेल्स म्यानेजर विशालजंग कुँवरले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ११ : ०० बजे

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला

काठमाडौँ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)

नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

नवलपुर । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्

बुटवलमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै

बुटवल। बुटवल उपमहानगरपालिकाका नगरबासीले वडाबाटै राष्ट्रिय परिचय पत्र (नागरिकता स्मार्ट

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट