१० चैत्र २०८१, आइतबार | March 23, 2025

प्रदेश संरचनाबारे बहस भएपनि स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन : प्रधानमन्त्री



काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरेका छन् ।

“संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहश भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छै । जनतालाई सेवा दिने नजिकको सरकार यही हो,’ प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’’

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधि प्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरकुङ्शतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ५ : ४४ बजे

विराटनगरमा प्रेस चौतारीको महाधिवेसन सुरू

विराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजवाट विराटनगरमा सुरु

विकासको गतिमा देश अगाडि बढिसकेको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको

पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा दूतावासमा झण्डोत्तोलन

काठमाडौं । आफ्नो राष्ट्रिय दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले झण्डोत्तोलन

लाखौंले स्नान गर्ने मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण, तीनै तहको सरकार मुकदर्शक

मुस्ताङ । दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको

भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी

भक्तपुर । भक्तपुरमा कवाडीको काम गर्ने एक वृद्ध मृत अवस्थामा