११ चैत्र २०८१, सोमबार | March 24, 2025

रुपन्देहीमा एसइई शान्तिपूर्ण, भैरहवाबाट एक नक्कली परीक्षार्थी पक्राउ



भैरहवा । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परिक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० मध्ये १७ हजार २ सय १७ जना विद्याथीहरुले परिक्षा दिएको र ११३ जना विद्यार्थी अनुपस्थिती रहेको शिक्षा अधिकृत केसीले जनाए ।

यसैगरी अपाङ्ग भएका विद्यार्थीहरु पूर्ण रुपमा हात नचल्ने र दृष्टि विहिन विद्यार्थीहरु गरी १५ जना विद्यार्थीले सहयोगी विद्यार्थीको रुपमा कक्षा ९ का विद्यार्थीको सहयोगले परिक्षा दिएका छन । उनिहरुको अवस्था हेरेर आधा घण्टा समय थप गरिएको पनि शिक्षा अधिकृत केसीले बताए ।

साथै, कारागार र बालसुधार गृहबाट ८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त विद्यार्थीहरुको परिक्षा केन्द्र भैरहवा नमुना मा।वि भएपनि उनीहरुले आफु रहेकै स्थान बाट परिक्षा दिने व्यवस्था मिलाइएको थियो ।

यसैबीच रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेको विद्यालयका प्राचार्य रूप कुमार रायमाझीले जानकारी दिए । उनका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिले पछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।

तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्राचार्य रायमाझीले बताए । उक्त विद्यार्थीको ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेको र त्यसैमा पनि नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि उक्त विद्यार्थीलाई जिल्ला प्रहरी कार्यलय रुपन्देही पठाइएको प्राचार्य रायमाझीले जानकारी दिए ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  २ : १४ बजे

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । आज सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक

एकिकृत समाजवादी रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह निर्वाचित

बुटवल । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि