२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एंजियोप्लास्टी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक एंजियोप्लास्टी गरिएको छ । वरिष्ठ कार्डियोलोजिष्ट डा. रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको हो ।

पहिलो पटक बिरामीको एंजियोप्लास्टी सफल भएकोमा खुसी व्यक्त गर्दै डा. घिमिरेले मुटु रोग उपचारमा थप नयाँ उपलब्धि प्राप्त भएको बताए । मुटु रोग उपचारका लागि सेवाग्राहीलाई काठमाडौं वा अन्यत्र जानुपर्ने वाध्यता अन्त्य गर्न अन्य सेवाहरु समेत थप गर्न आवश्यक रहेपनि अहिले सुरु गरिएको एंजियोप्लास्टी सेवा यस क्षेत्रका जनताका लागि ठूलो खुसीको कुरा भएको उल्लेख गरे । एन्जियोप्लास्टी एक गैर(सर्जिकल प्रक्रिया हो जसले हृदयमा रगत आपूर्ति गर्ने नसाहरूमा अवरोध हटाउन मद्दत गर्दछ । यस प्रक्रियामा स्थानीय एनेस्थेसिया प्रयोग गरिन्छ ।

विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी अस्पतालमा मुटुरोग उपचारका लागि अन्यत्र जान नपर्नेगरी विभिन्न सेवाहरु थप गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जनाए । अस्पतालमा क्याथल्याव सेवा अन्तरगत १ जनाको स्थायी पेसमेकर राख्नुका साथै ३ जनालाई अस्थायी पेसमेकर राख्ने काम समेत सफल भएको छ । क्याथल्याव सेवा सुरु भएपछि हालसम्म ८० जनाको एन्जियो ग्राफी गरिएको तथ्याङ्कमा उल्लेख छ ।

अस्पतालमा पछिल्लो समय ट्रेड मिल टेस्ट (टिएमटी) सेवा समेत सञ्चालन गरिएको छ । यसबाट मुटुका नशाहरुमा ब्लकेजहरु भए नभएको थाहा पाउन सकिने र सोही अनुसार उपचार गर्न सजिलो हुनेछ । अस्पतालमा पेरिकार्डियो सेन्टेसिस, होल्टर इसिजी लगायतका सेवा समेत सञ्चालनमा आएका छन् ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ७ : १० बजे

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट