२८ मंसिर २०८२, आइतबार | December 15, 2025

तेस्रो नेपाल सुपर लिगको ट्रफि बुटवल लुम्बिनीको होम टाउन बुटवलमा



बुटवल । तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफि प्रर्दशन देशका मुख्य शहरहरुमा शुरु भएको छ । धनगढीबाट शुरु गरिएको ट्रफि शनिबार बुटवल लुम्बिनी फुटबल क्लबको होम टाउन बुटवलमा आईपुगेको हो ।

चैतको दोस्रो हातादेखी काठमाडौंमा हुन लागेको एनएसएल लिगको ट्रफिसहित बुटवल लुम्बिनीको खेलाडी, टिम म्यानेजर, कोचहरु आज दिउँसो बुटवल उपमहानगरपालिका परिसर पुगेका छन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेलकुदको विकासमा पालिका निरन्तर लागेको बताए । खेल प्रतियोगिता, खेलाडी सम्मान, पूर्वाधारमा बजेट बिनियोजन गरेको भन्दै विद्यालय खेलकुद देखी अन्तराष्ट्रिय खेलाडी सम्मानका कार्यक्रममा जोड दिएको बताए । ‘फुटबल खेलमा १ करोड रुपैया बजेट बिनियोजन गरेको छ ।’-उनले भने ।

कार्यक्रममा बुटवल लुम्बिनी फुटबल क्लबका टिम कोच पुष्पलाल शर्माले ब्यवसायिक फुटबल प्रतियोगितामार्फत खेल र खेलाडीहरुलाई प्लेटफर्म दिने गरि तेस्रो संस्करणको प्रतियोगिता अन्तिम चरणमा पुगेको जानकारी दिए । चैत १३ गतेबाट शुरु हुने प्रतियोगितामा सात टिमले भाग लिनेमा प्रत्येक टिमले अक्सनमार्फत खेलाडी किन्ने काम सकेको उनले बताए । प्रत्येक टिममा ६ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा, भलुही, भैरहवा हुदै लुम्बिनीसम्म ट्रफी प्रर्दशन हुनेछ ।

धनगढीबाट शुरु भएर प्रर्दशन लुम्बिनीपछि चितवन, झापा, पोखरा, ललितपुर, काठमाडौं पुगेर समापन गरिने टिमका टेक्निकल डाईरेक्टर याम गुरुङले बताए । प्रतियोगिताको उद्घाटन खेल चैतको १६ गते ललितपुर र काठमाडौंका बिचमा हुने छ । भने समापन बैशाख १३ गते हुनेछ । गतवर्ष प्रतियोगिताको उपाधि ललितपुर एफसीले जितेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ५ : ३४ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर