५ चैत्र २०८१, मंगलबार | March 18, 2025

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने



काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

नेविसंघले आज यहाँ पत्रकार सम्मेलन गरी ‘स्वतन्त्र विद्यार्थी युनियन’ (स्ववियु) को चुनावी घोषणापत्र सार्वजनिक गर्दै हरेक विश्वविद्यालय तथा क्याम्पसमा ‘डिजिटल लाइब्रेरी’ र ‘निःशुल्क वाइफाइ व्यवस्थापन’ का लागि पहल गर्नेसमेत जनाएको छ ।

विद्यार्थी स्वयमको सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत ज्ञान सिर्जना, सङ्ग्रह र प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन, अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र सङ्ग्रह गरी अभिलेख निर्माण गर्ने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क छात्रवास व्यवस्थाका लागि पहल गर्ने, व्यावहारिक शिक्षा सुधार तथा ‘पेड इन्टर्नसिप’ कार्यक्रम अगाडि सार्नेसमेत नेविसंघले जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा सधैँ झै इमान्दार रहेको विचार व्यक्त गरे ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ९ : १९ बजे

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको