५ चैत्र २०८१, मंगलबार | March 19, 2025

धेरै चुरीफुरी नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् ।

शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को आरोप लगाउँदै पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

उनले भने, ‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि । सबैले बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनताले बुझेका छन् ।ु

उनले अहिलेको परिस्थिति खतरनाक भइनै सक्यो भन्ने चाही नरहेको तर दुस्साहस भने भएको टिप्पणी गरेका छन् । प्रचण्डले उक्त दुस्साहसलाई माओवादीले ‘इटको जवाफ पत्थरले दिने’ चेतावनी समेत दिए । प्रचण्डले देशको ठूला–ठूला मूर्ति चोर र वंश नास गर्ने ‘भाइमारा’ नेपाली जनताले विर्सिए भन्ने भ्रममा नपर्न ज्ञानेन्द्रलाई सुझाव दिए ।

उनले भने( ‘यो जुन नौटङ्कीहरु देखाइँदै छ । राजा, महाराजाको बारेमा । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएको छ ? मुर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मुर्ति चोरहरु अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले विर्सियो भन्ठानेको ?’

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्यकाण्डको फेरि एकचोटी छानविन हुनुपर्छ भनेको भन्दै आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको बताए । उनले भने, ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानविन गर्नुपर्ने छ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानविन गरेर भाइ मारा र राजद्रोही यिनीहरुलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : २५ बजे

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

नवलपुर । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका

बुबा र दाजुबाट यौन दुर्व्यवहार : महानगरको प्रतिवेदन बन्यो जाहेरी

काठमाडौं । काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा