२ चैत्र २०८१, शनिबार | March 15, 2025

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक



काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विरोधसभाको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहेका छन् । बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्। एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द सहभागी छन्।

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया गर्ने बताएको छ भने यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोधसभा स्थगित भएको थियो ।

फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन चैत्र १५ गते काठमाडौँमा विरोधसभा गर्ने विपक्षी नेताहरुले बताएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ९ : २८ बजे

दुर्घटनामा एकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान

दूध बेचेर मासिक दुई लाख कमाइ!

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२