५ चैत्र २०८१, मंगलबार | March 18, 2025

आयल निगमले भन्यो, ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ, आन्दोलनका कार्यक्रम फिर्ता



काठमाडौँ । नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको जनाएको छ ।

मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै निगमले ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । साथै निगमले ग्यासको मुल्य यथावत रहने पनि जानकारी दिएको छ ।

आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा उद्योगीहरुको खर्चमा समायोजन गर्ने सहमति भएको थियो । उद्योगीहरुको लाग्ने खर्चमा नयाँ मूल्य समायोजन भएपनि निगमले ग्यासको उपभोक्ता मुल्य यथावत रहने स्पष्ट गरेको छ ।

ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ । यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने पनि सहमति भएको छ ।

निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र नेपाल एल.पी ग्यास उद्योग संघले आजदेखि एल.पी ग्यासको आपूर्ति सहज बनाउने सहमति भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : ५५ बजे

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको