२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित



काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित भएका छन् । शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेवापत कँडेललाई लण्डनस्थित युनिभर्सिटी अफ ग्रीनविचलेएक कार्यक्रमकोबीच सम्मान गरेको हो ।

ग्रीनविचको एल्मुनाईको समारोहमा नेपाल, बेलायत, युएई तथा क्यानडाका विभिन्न समुदायलाई ग्लोबल एजुकेशनको पहुँचमा ल्याउन मद्दत गरेको भन्दै कँडेल सम्मानित भएका हुन ।

कार्यक्रममा ग्रीनवीचका उपकुलपति प्रोफेसर जेन ह्यारिङ्टनले विश्वव्यापी शिक्षामा कँडेलको प्रभावको प्रशंसा गरे । उनले भने ‘आफ्नो उद्यमशीलता अनुभव र अन्तर्राष्ट्रिय विशेषज्ञता मार्फत बिभिन्न समुदायलाई जोड्ने कँडेलको प्रतिवद्धताले विद्यार्थीलाई उनीहरूको शैक्षिक र व्यावसायिक आकांक्षा प्राप्त गर्न टेवा पुगेको छ ।’

सम्मान ग्रहणपछि विश्वविद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै कँडेलले भने, ‘शिक्षामा जीवन परिवर्तन गर्ने शक्ति छ, विश्वभरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका अवसरमा पहुँच सुनिश्चित गर्ने मेरो प्रतिवद्धमा यो सम्मानले थप उर्जा मिलेको छ ।’कँडेलले सन् २००६ मा ग्रीनवीच युनिभर्सिटीबाट कम्प्युटिङमा बीएससी (अनर्स) हासिल गरेका हुन ।

कँडेलको नेतृत्वमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत द ब्रिटिस कलेज (काठमाडौँ), द विलवीच कलेज, लण्डन, द वेस्टमिन्स्टर कलेज (ललितपुर), द उलवीच इन्स्टिच्यूट (दुबाई), मेरिटाइम बिजनेश कलेज (क्यानडा) तथा नेपालका बिभिन्न स्थानहरुमा स्कुलहरु संचालनमा रहेका छन ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : ४२ बजे

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा