२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

बालबिवाह गराई नाबालिगमाथि करणी गर्नलगाएर फरार भएका २ जना ६ वर्षपछि पक्राउ



अर्घाखाँची । १४ वर्षिषा बालिकालाई जबरजस्ती बालबिवाह गराई करणी समेत गर्न सघाएको अपराध पुष्टी भएका २ जनालाई घटना भएको ६ वर्ष पछि पक्राउ गरिएको छ । अर्घाखाँचीमा २०७४ चैत्रमा १४ वर्षिया बालिकाको जबर्जस्ती बिबाह गराई बालिकामाथि करणी गर्न लगाएको कसुरमा मतियारको सजाँय सुनाइएका ३ जनालाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार प्यूठान झिमरुक गाउँपालिका वडा न. १ बस्ने २९ वर्षिया बसन्ता के.सी र सोही स्थानकी २७ वर्षिया रेखा के.सीले १४ वर्षिया बालिकालाई विभिन्न प्रलोभन देखाई अर्घाखाँची साविक गोखुङ्गा गा.वि.स. वडा नं. ०३ हाल मालारानी गाउँपालीका वडा नं. ९ का नाताले आफ्नो दाई पर्ने लोकेन्द्र भुषालसंग रागामारे मन्दिरमा पीडितको सिउँदोमा सिन्दुर हालिदिई वाल विवाह गराइदिएका थिए ।

बालिकालाई दुलही बनाई घर भित्राएपछी भुषालले वालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भुसालले ६ बर्ष कैद र ५ लाख जरिवाना र वालविवाह मुद्दामा २ बर्ष २ महिना कैद गरी जम्मा ८ बर्ष २ महिना कैद कैद भुक्तान गरिरहे पनि रेखा र बसन्ता भने फरार रहँदै आएका थिए ।

जिल्ला अदालत अर्घाखाँचीबाट बालबिबाह र बालिकामाथि करणी गर्न सघाएको भन्दै मतियारकारुपमा सजाँय सुनाए लगत्तै रेखा र बसन्ता फरार भएको प्रहरीले जनाएको छ । अदालतबाट दुबैजनालाई २ २ महिना कैदको सजाँय सुनाएको थियो । पक्राउ परेकाहरुलाई कैद भुक्तानका लागि कारगार चलान गरिएको अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : १४ बजे

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा