२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा नेपालमा प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरको टोलीले भारतबाट नेपाल भित्राईँदै गरेको नेपालमा प्रतिबन्धित लागु औषध  ट्रामाडोल ५०० पत्ता (५००० ट्याब्लेट)  सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगर १६ मा बस्ने २४ वर्षिय नफिस अहमद कबडिया, भारत कलकत्ता घर भई हाल जिल्ला बाँके नेपालगंज १० ट्राफिक चोक बस्ने ३८ वर्षिय जियाउल शेष र नेपालगन्ज १० का स्थानीय १८ वर्षिय सद्दाम सैवाद रहेका छन् । कबडियाले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ३ जना चढेर नेपाल आउँदै गरेका शेष र सद्दाममाथि शंकाका आधारमा चेकजाँच गर्दा प्रतिबन्धित लागु औषध फेला परेको प्हरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनमाथि प्रतिबन्धित लागु औषध ओसार पसार कसुरमा अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीलले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ०४ बजे

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा