३ चैत्र २०८१, आइतबार | March 16, 2025

‘पत्रकारिता सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध’



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका (देउखुरी)मा आज सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्थापनाकालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे ।

“पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गरेरै अघि बढ्दै आएको छ”, मुख्यमन्त्री आचार्यले भने, “अहिले रोकिएको विषयप्रति म जानकार छु । पत्रकारिता क्षेत्रका सरोकारवालासँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौँ ।”

उनले पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कानुन संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिबद्धता जनाए । “प्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ । पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौँ, “पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छौँ”, उनले भने ।

मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताका नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे । “सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ । अराजकता फैलाउने छुट कसैलाई छैन, पत्रकारिता क्षेत्रमै विकृति र विसङ्गति देखिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षको ध्यान जान आवश्यक छ”, उनले भने ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : ५३ बजे

चार देशीय सिरिजमा तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै

‘कांग्रेस कसैको पनि सेवा सुविधा बढाउने पक्षमा छैन’

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कसैको पनि

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई