३० चैत्र २०८१, शनिबार | April 12, 2025

रुखबाट खस्यो भनिएका युगबहादुरको तिघ्रामा गोली, गोली लागेका युगबहादुरको मृत्यु, दुई जना पक्राउ



सिन्धुली । यहाँको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको उपचारका क्रममा आज मृत्यु भएको थियो ।

बुधबार दिउँसो जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भएको भनिएका युगबहादुरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भई केएमसी अस्पताल सिनामङ्गल काठमाडौंमा लगी उपचार भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बस्तीपुरबाट प्रहरी निरीक्षक टीकाराज बरालको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

प्रनाउ काफ्लेले भने, “अस्पतालमा उपचार गराइरहेका युगबहादुरको आज बिहान ८ बजे मृत्यु भएको सूचना हामीले पायौँ ।” अनुसन्धानका क्रममा उपचारमा संलग्न चिकित्सकले योगबहादुरको तिघ्रामा गोलीको छर्रा भेटिएको जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न घ्याङलेख गाउँपालिका–४ का २५ वर्षीय बलबहादुर मोक्तान र सोही ठेगाना भएका ४१ वर्षीय लेखबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरीले समन्वय गरी प्रहरीवृत्त गौशाला, काठमाडौंबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रनाउ काफ्लेले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरु घरेलु बन्दुक लिइ सिकार खेल्न जङ्गल गएकामा निज घाइते युगबहादुर स्याङतानलाई बन्दुकको छर्रा लागेर घाइते भएको र उपचारका लागि काठमाडौं ल्याइएको खुल्न आएको छ । घटनामा संलग्न अन्य व्यक्तिकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ९ : ५१ बजे

प्रतिनिधिसभाको एक स्थान रिक्त

काठमाडौं। प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय

नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले