२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

महाशिवरात्रि : होटल पौवाका १७ वटै शाखा शिव भजनमय



बुटवल । नेपाली संस्कृति र परम्परा संरक्षणका लागि भन्दै हरेक चाडपर्वमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको होटल पौवाका १७ वटै शाखामा आज शिव पूजन तथा शिव भजन कार्यक्रम संचालन गरिएको छ । महाशिवरात्रीको अवसर पारेर होटल पौवाले आफ्ना ग्राहक र शुभचिन्तकहरुलाई शिव प्रसाद वितरणसहित भजन उत्सव संचालन गरेको हो ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगसँगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराका साथ पौवाका १७ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख बिष्णु भण्डारीले बताए । परम्परा अनुसारको शिव प्रसाद निःशुल्क वितरण गरिनुका साथै संगीतमय भजन टोलिले शिवरात्रीका दिन साझ ६ बजेदेखि हरिकृतन गरेको भण्डारीले बताए ।

बुटवलको योगीकुटीमा रहेको पौवाको ब्रान्चमा महाशिवरात्रीमा ५ सय बढीले प्रसाद ग्रहण गर्नुका साथै हरिकृतनमा सहभागी भएको बुटवल ब्रान्चका म्यानेजर प्रकाश पाठकले बताए । नेपाली परिकार र नेपाली सत्कारलाई प्राथमिकता दिँदै आएको होटल पौवाले गतवर्ष पनि महाशिवरात्री विशेष शिवपूजन र हरिकृतन लगायतका कार्यक्रम आयोजना गरेको थियो ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको होटल पौवा प्रा.लिका अध्यक्ष दुर्गा भण्डारीले बताए । नेपालमा रहेका बिभिन्न जाती र समुदायको पर्वहरुलाई पौवाले उत्सव बनाइरहेको उल्लेख गर्दै उनले आगामी दिनहरुमा बिभिन्न धर्म र सम्प्रदायको पर्वहरुमा समेत पौवाले कार्यक्रम गर्ने जानकारी दिए ।

‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ । हालसम्म देशभरीका १७ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् । यसैगरी पौवाले बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी प्रारम्भीक सेवा संचालन गरि रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : ०७ बजे

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला

काठमाडौँ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)

नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

नवलपुर । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्

बुटवलमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै

बुटवल। बुटवल उपमहानगरपालिकाका नगरबासीले वडाबाटै राष्ट्रिय परिचय पत्र (नागरिकता स्मार्ट

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट