१७ चैत्र २०८१, आइतबार | March 30, 2025

अमेरिका पठाइदिने भन्दै दुई जनाबाट एक करोड ४४ लाख ठगी, तीन जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुकुपश्चिम मुसिकोट नगरपालिका-१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका-२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र खड्का रहेका छन्।

ललितपुर महाललक्ष्मी नगरपालिका-४ बस्दै आएका मनिषराज, टोखा नगरपालिका-८ बस्दै आएका मधुकुमार र वीरेन्द्रलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उजुरीकर्ता दुई जनालाई विभिन्न देशको बाटो हुँदै अमेरिका लैजाने बहानामा पक्राउ परेकाहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

रकम लिएर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए। पीडितले उजुरी दिएपछि खड्कात्रयको खोजीमा प्रहरी लागेको थियो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : २४ बजे

आज रमजान मुबारक समापन हुँदै

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान

४५ वर्ष अघि चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

काठमाडौँ । नेपालबाट विगतमा चोरी भएर अमेरिका पु¥याइएका २१ वटा

नेपालमा हुने पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स २३ जेठमा

काठमाडौं । नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला

फरार दुर्गा प्रसाई फेसबुक लाईभमा देखिए

काठमाडौं । प्रहरीले फरार भनेको बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ