१० बैशाख २०८२, बुधबार | April 23, 2025

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको १५ दिने पंचेबाजा तालिम सम्पन्न



बुटवल । मौलिक लोक संस्कृति जगेर्ना तथा संस्कृति संरक्षण गर्न बुटवल उपमहानगरपालिकाले १५ दिने पंचेबाजा बाजा बजाउने तालिम दिएको छ । बुटवल उपमहानगरपालिकाका विभिन्न आमा समुहहरुलाई नगरा, मंगल धुन, नाच्ने धुन लगायत बजाउन सिकाईएको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पाच वटा समुहलाई नौमति बाजा सेट हस्तान्तरण गरेका छन । कार्यक्रममा उनले महिला समुहको आग्रहमा तालिम दिईएको बताए । तालिमलाई अवसरका रुपमा लिएर महिला समुह भाग लिएको उनले बताए ।

कार्यक्रममा उपमेयर सावित्रादेवि अर्यालले सिप सिकाएर ब्यवसायिक रुपमा आयआर्जन गर्न सक्ने गरि तालिम दिईएको बताईन । महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सिप सिकाउदै आयआर्जनमा जोड्ने गरि सिप सिकाएको उनले बताईन । उमेर समुह अनुसार प्रशिक्षकहरुलाई सिक्न समेत कठिन भएको हुनसक्ने भन्दै अब यो आमा समुह निरन्तर आत्मनिर्भर बन्न आग्रह गरिन ।

कार्यक्रममा प्रशिक्षार्थी ईश्वरा पन्त बश्यालले आमा समुहलाई लक्षित गरि आयआर्जनमा जोड्ने गरि ईतिहास बनाउने काम भएको बताईन । सिपसंगै सामग्री पाउदा धेरै खुशी रहेको र उर्जा थप्ने काम भएको भन्दै उनले बताउदै आगामी दिनमा थप रचनात्मक तालिमहरु दिन आग्रह गरिन । तालिममात्र नभई समाजमा सबै जातजाती र समुदायमा मिलेर बस्ने र ब्यवहार गर्ने ब्यवहारिक ज्ञान समेत पाएको उनले बताईन ।

कार्यक्रममा नेपाल संगित नाट्य प्रतिष्ठानका प्राज्ञ दुर्गा रायमाझी, बरिष्ठ नृत्य निर्देशक कृष्ण रेउले, राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका केन्द्रिय सदस्य डिल्लि नारायण पाण्डेले निरन्तर तालिम उपलब्धिमुलक भएको बताए ।

विभिन्न आमा समुहका ६५ जना महिलाहरुलाई ५ समुह बनाएर प्रशिक्षक सुरेश सेन्चुरी, अनिल पहारीले तालिम दिएको सामाजिक विकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले बताए । केहि समयपछि थप पाच समुहलाई तालिम दिईने पनि उनले बताए ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : २७ बजे

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल

बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा

तोलामा सात हजारले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको

जम्मू-कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवल १४ का सुदिप न्यौपाने

बुटवल । भारतको जम्मू-कश्मीरमा मंगलबार भएको आतंकवादीको आक्रमणबाट मृत्यु हुने