१७ चैत्र २०८१, आइतबार | March 31, 2025

अब पार्टी भित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला



नेपालगन्ज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा।शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिवद्धता जनाएका छन्।

कांग्रेसको राप्ती स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा।कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन्।

नेता डा. कोइरालाले भने, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्।’

उनले सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए।

व्यक्ति बलियो होइन, संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताए।

निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्जमा आइपुगेका हुन्।

पन्ध्रौं महाधिवेशनका लागि सभापति लड्ने उद्देश्य साथ कोइराला देश दौडाहामा छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ०५ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन