५ चैत्र २०८१, मंगलबार | March 18, 2025

ट्रम्पलाई मेन्सन गर्दै बालेन लेख्छन : ‘डिभीबाट फैलाइएको दासत्व पनि बन्द गरियोस’



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाललाई अमेरिकाभन्दा राम्रो छ भन्ने महशुस गराइदिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन । अमेरिकाले अनुदान रोक्ने निर्णय गरेको सन्दर्भमा बिहीबार मध्यरातमा सामाजिक सञ्जालमा लेखेर बालेनले डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएका हुन् ।

उनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए । उनले नेपाली नागरिक देश छाडेर गएकाले गरिब भएको र अमेरिकी नागरिक अल्छी भएकाले गरिब भएको टिप्पणी गरेका छन् ।

शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद । हाम्रा मान्छेले देश छाडी रहेका कारण नै हामी गरिब भएका हौँ,’ उनले अगाडि लेखेका छन् ‘तपाईंहरू गरिब हो किनकि तपाईंका अल्छी नागरिकले आफ्नो देश बनाउन सकेनन् । यस कारण तपाईंहरूलाई यसका लागि संसारका मानिसको आवश्यकता परेको हो ।’

बाँकी संसारलाई प्रतिबन्ध लगाउँदै अघि बढ्ने मौका दिनुपर्ने उनको मत छ ।

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ५७ बजे

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको