१७ चैत्र २०८१, आइतबार | March 30, 2025

‘माओवादी संविधान संशोधनको पक्षमा छ’



धरान । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा रहेको बताउएका छन ।

नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धरान उपमहानगर समितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले भने, “समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको पक्षमा छ ।”

उनले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए । उनले सामाजिक र आर्थिक रुपान्तरण नै समृद्धिको आधार रहेको पनि बताए ।

लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उनले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बताए ।

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबुलकार विवादले धरान प्रभावित भइरहेको विषयमा उनले स्थानीयवासीको मागलाई सम्बोधन गरेर केबुलकार निर्माण गर्नुपर्ने र वार्ताकै माध्यमबाट विवाद समाधान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ३ : ३५ बजे

आज रमजान मुबारक समापन हुँदै

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान

४५ वर्ष अघि चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

काठमाडौँ । नेपालबाट विगतमा चोरी भएर अमेरिका पु¥याइएका २१ वटा

नेपालमा हुने पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स २३ जेठमा

काठमाडौं । नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला

फरार दुर्गा प्रसाई फेसबुक लाईभमा देखिए

काठमाडौं । प्रहरीले फरार भनेको बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ