१७ चैत्र २०८१, आइतबार | March 30, 2025

नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा ब्राउन सुगर बरामद, एकजना भारतीय नागरिक पक्राउ



काठमाडौं । नेपालगन्ज स्थित नेपाल भारत नाकाबाट ठुलो परिमाणको अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै ष्रेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरदेवारा खटाएको टोलिले लागु औषध ब्राउ सुगर सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका विशालसंगबाट ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । नेपालगन्ज नाकामा बरामद भएको यो परिमाण ठुलो भएको एक प्रहरी अधिकारीले बताए ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले भने ब्राउन सुगर सहित १ जना पक्राउ परेको पुष्टि गरेपनि ब्राउन सुगरको तौल भने आइनसकेको बताए । उनले पेपर हटाएर डिविटल तराजुमा जोख्ने काम भइरहेको जानकारी दिए ।

अहमद भारतमा बसेर नेपालीहरुलाई बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनले नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै ष्रेको गोप्य सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले असई नवीनकुमार शाहीसहित टोलीलाई परिचालन गरेको थियो ।

पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ०८ बजे

आज रमजान मुबारक समापन हुँदै

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान

४५ वर्ष अघि चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

काठमाडौँ । नेपालबाट विगतमा चोरी भएर अमेरिका पु¥याइएका २१ वटा

नेपालमा हुने पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स २३ जेठमा

काठमाडौं । नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला

फरार दुर्गा प्रसाई फेसबुक लाईभमा देखिए

काठमाडौं । प्रहरीले फरार भनेको बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ