३० चैत्र २०८१, शनिबार | April 12, 2025

मोटरसाईकल चोरी गर्ने बुटवलका २ सहित ५ जना पक्राउ



बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका वडा एरिया अन्तर्गत विभिन्न स्थानहरुबाट बिभिन्न समयमा हराएका सवारी साधनहरु (मोटर साईकल र स्कुटर) चोरी गर्ने समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलका २ सहित ५ जना रहेका छन् ।

प्रहरीका अनुसार चोरी भएका मोटरसाईकल पिहत पक्राउ पर्नेहरुमा बुटवल उप(महानगरपालिका वडा नं.११ का २८ वर्षिय मनु थापा, सोही स्थानका २३ वर्षिय कमल बहादुर गाहा मगर, कोटहिमाई गाउँपालिका वडा नं.३ घर भएका २६ वर्षिय राजेश यादव, सोही स्थानका १९ वर्षिय धिरेन्द्र यादव र मायादेवी गाउँपालिका वडा नं. ३ का १९ वर्षिय सोनु बनिया रहेका छन् ।

इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट चोरी भएका सवारी साधनहरु र चोरी गर्ने व्यक्तिहरुलाई पहिचान एवम् खोजतलास गर्दै जाने क्रममा पक्राउ परेका ५ जनाबाट सवारी साधनहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई आजै रुपन्देही जिल्ला अदालतमा पेश गरेर ७ दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी कसुर शिर्षकमा थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : ५० बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष